अर्मेनिया र अजरबैजानलाई युद्धविरामको पालना गर्न रुसको आग्रह
रुसले अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना गर्न रुसले दुवै पक्षलाई आग्रह गरेको छ ।रुसका रक्षामन्त्री सेर्गेइ सउगीले सो आग्रह गर्नुभएको हो ।
उहाँले आज अर्मेनिया र अजरबैजानका रक्षामन्त्रीहरुलाई फोन गरेर रुसको पहलमा भएको उक्त युद्धविरामका शर्त पालना गर्न आग्रह गर्नुभएको बताइएको छ ।
रुसको पहलमा एक हप्ता अघि रुसको राजधानी मस्कोमा यी दुई देशबीच काराबाख क्षेत्रको विषयलाई लिएर युद्ध विराम भएको थियो ।
तर पनि उक्त युद्ध विरामको उल्लंघन भइरहेको छ । रुसमा गरिएको अस्थायी युद्धविराम सहमतिलाई उल्लंघन गर्दै दुवै पक्ष आक्रमणमा उत्रिएका समाचारहरु पछिल्ला केही दिन यतादेखि नै आइरहेका छन् ।
नागोर्नो काराबाख प्रशासनले अजरबैजानले पछिल्लो पटक गरेको आक्रमणमा आफ्ना ४५ भन्दा बढी सैनिक मारिएको जनाएको छ । योसँगै गत सेप्टेम्बर २७ मा सुरु भएको युद्धका क्रममा ५ सय २५ सैनिक मारिएको दाबी स्थानीय प्रशासनले गरेको छ ।
उक्त क्षेत्रलाई अजरबैजानले दाबी गर्दै आएको छ तर पनि त्यहाँ अर्मेनियाली मुलका मानिसहरु बस्दै आएका छन् ।अर्मेनियाली रक्षा मन्त्रालयले अजरबैजानका सैनिकले विवादास्पद क्षेत्रमा आक्रमण गरिरहेको जनाएका छन् । यस क्षेत्रमा पछिल्लो समयमा भएको युद्धविरामको उल्लंघनका विषयमा पनि एक आपसमा दोषारोपण गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस