तालिबानको भिषण आक्रमण, १६ सुरक्षाकर्मी मारि
अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् । स्रोतहरुका अनुसार आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।
बाघलान प्रान्तको गोजारगाह–ए–नूर जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नजिकै रहेको प्रान्तीय प्रहरी मुख्यालय नजिक पनि भिडन्त भइरहेको छ ।
तालिबान तर्फ के कति क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन । अफगान सेना र प्रहरीका लागि अमेरिकी सैनिकले समेत बन्दोबस्तीको प्रबन्ध गरिरहेको अफगानिस्तानस्थित अमेरिकी सैनिक कमान्डले जनाएको छ ।
उक्त हमलाका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।
अफगान सरकार र तालिबानबीच कतारको दोहामा प्रत्यक्ष वार्ता जारी रहे पनि अफगानिस्तानभित्र हिंसात्मक झडपहरु नियमित रुपमा भइरहेका छन् । तालिबान र अमेरिकाबीच शान्ति स्थापनार्थ एक सम्झौतामा हस्ताक्षर भए पनि दिगो शान्ति स्थापनामा अझै जटिलताहरु रहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस