तीन घरवासलाई नयाँ गन्तव्य घोषणा
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल ९भिटोफ० गण्डकी प्रदेशले तीनवटा घरवासलाई नयाँ गन्तव्य घोषणा गरेको छ ।
भिटोफको जुम प्रविधिबाट आयोजित छैठौं वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष तारानाथ पहारीले यस वर्ष २०७७ का लागि तनहुँ जिल्लाको टुटेपानी, पर्वतको भुक देउराली नमुना सामुदायिक तथा बागलुङको रिगा सामुदायिक होमस्टेलाई नयाँ गन्तव्य घोषणा गर्नुभयो । मनोरम प्रकृति र संस्कृतिले सम्पन्न यी स्थान पर्यटकको पर्खाइमा रहेको उहाँले बताउनुभयो ।
साधारणसभाले भिटोफको संरचनालाई गण्डकी प्रदेशका ११ वटै जिल्लामा पु¥याउने लक्ष्यका साथ जिल्ला संयोजकहरू तोकेको छ । त्यस्तै गाउँ पर्यटनलाई प्रचार प्रसार गरेर लामो समयदेखि योगदान पु¥याएको भन्दै नागरिक राष्ट्रिय दैनिकका घुमफिर स्तम्भका स्तम्भकार अमृत भादगाउँलेलाई गाउँ पर्यटन दूत घोषणा गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गाउँको प्रकृति र संस्कृतिको प्रचारप्रसारका माध्यमबाट साधनस्रोतको अधिकतम प्रयोग गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरकार लागिपरेको बताउनुभयो ।
भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश होमस्टेको पनि राजधानी भएको बताउँदै संस्थाले स्थापनाकालदेखि नै गाउँ पर्यटनको विकासका लागि तालिम, गोष्ठीका साथै होमस्टे मार्ट समेत सञ्चालन गर्दै आएको बताउनुभयो ।
गाउँ पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन भिलेज गाइडको व्यवस्थाका साथै नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मोबाइल एप बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस