बीपी प्रतिष्ठान धरानमा चार जना कोरोना संक्रमितको मृत्यु
धरान- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। मृत्यु हुनेमा धरानका दुई जना, इटहरी र तेह्रथुमका एक–एक जना रहेका छन्।
सुनसरीको धरान–९ की ४४ वर्षीया महिलाको गत असोज २७ गते संक्रमण पुष्टि भएको थियो। उनमा कुनै दीर्घ रोग थाहा नभएको अस्पतालले जानकारी दिएको छ। त्यस्तै, धरान–९ कै ५८ वर्षीय पुरुषको पनि निधन भएको छ। उनमा गत असोज २५ गते संक्रमण पुष्टि भएको थियो।
यता, इटहरी–२० का ७५ वर्षीया महिलाको पनि आज बिहान निधन भएको छ। उनमा गत २६ गते संक्रमण पुष्टि भएको थियो। तेह्रथुकमकी ३१ वर्षीया महिलामा गत १० गते संक्रमण पुष्टि भएकोमा आज बिहान उपचारको क्रममा निधन भएको हो। उनलाई मिर्गौलाको समस्या रहेको अस्पतालले जनाएको छ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस