रसायनिक मल राख्न नपाउँदा धानखेतीमा प्रकोप
गुल्मीको धुर्कोट गाउँपालिका–५ का किसान सुरेन्द्रको पाण्डेको खेतमा गत वर्ष झण्डै ८५ मुरी धान फल्यो । उहाँको इस्मा गाउँपालिका–३ दर्लामचौरको घम्मु फाँटमा २१ रोपनी खेत छ । उहाँले यस वर्षमा रसायनिक मल राख्न नपाउँदा र धानमा विभिन्न प्रकारका रोगको आक्रमणले उत्पादन सोचेजस्ता नहुने अनुमान छ । उहाँले धानको बोटको टुप्पोमा सानासाना किरा लागेको, जरा काटेको, गुबोभित्र किरा लागेको तथा बाला सुक्नेजस्ता समस्या रहेको बताउनुभयो । धानको उत्पादन कम हुँदा गाईभैसीलाई खुवाउने दानासमेत बढी किन्नुपर्ने उहाँले गुनासो गर्नुभयो । उहाँले साउनको दोस्रो साता जडन जातको धान रोप्नुभएको थियो ।
यस्तै सोहि स्थानका स्थानीय किसान भिमलाल पाण्डे पनि यो वर्ष धानको उत्पादन घट्नेमा चिन्तित हुनुहुन्छ । टारी खेतको मुख्य उत्पादननै मकै र धान हो मकै पनि यो बर्ष खासै राम्रो भएन उहाँले भन्नुभयो धानको आशामा चित्त बुझाएका थियौँ आशा निराशामा परिणत हुने भयो । दर्लामचौरको घम्मु फाँटमा मात्रै ४७ परिवारको २०५ रोपनी जग्गा छ । पाण्डेले सबैको खेतमा एउटै प्रकारको समस्या देखिएकोले सिङ्गो फाँटको उत्पादनमा कमी आउने बताउनुभयो । यस फाँटमा सामान्यतया एक रोपनी खेतमा चारमुरीसम्म धानको उत्पादन हुन्थ्यो उहाँले भन्नुभयो विभिन्न समस्याले गर्दा अहिले प्रतिरोपनी एक मुरीमात्रै धान हुने सम्भावना छ ।
बिषादीको सिफारिस
गुल्मीमा आर्थिक वर्ष २०७६र७७ मा कूल ६०० मेक्ट्रिकटन युरिया मलको माग भएकोमा ५४३ मेक्ट्रिक टन मात्र आपूर्ति भएको थियो । यस्तै १७५ मेक्ट्रिक टन डिएपी मलको माग भएकोमा १४३ मेक्ट्रिक टन मात्र आयात भएको थियो । त्यसरी आएको मल पनि समयमै नआउँदा समस्या परेको कृषि ज्ञान केन्द्रनै स्वीकार गर्छ ।
केन्द्रका कृषि प्रसार अधिकृत टिकाराम न्यौपानेले विभिन्न विषादीको प्रयोगद्वारा अहिलेको समस्या समाधान हुनसक्ने बताउनुभयो । अहिले धानको जरामा लियान्पोट नामको व्याक्टोरिया र धानको गुबामा बोर नामको किराले आक्रमण गरेको कारण धान खेतीमा समस्या देखिएको उहाँले बताउनुभयो ।
ब्याक्टोरियाको लागि ‘एग्रीमाइसिन’ र बोर किराको लागि ‘कार्बोसिउरान’ नामको बिषादी केन्द्रले सिफारिस गरेको उहाँको भनाइ छ । त्यसका लागि कार्यालयले आकस्मिक बाली संरक्षण कार्यक्रममार्फत बिषादी उपलब्ध गराउन सक्ने तर त्यसका लागि किसानले कार्यालयमा सम्पर्क गनुपर्ने उहाँले बताउनुभयो । किसानका उक्त समस्या स्थानीय तहको कृषि शाखाबाट समाधान हुनसक्ने उहाँको भनाइ छ ।
१० हजार हेक्टरमा धान खेती
जिल्लामा धान खेतीका लागि कूल क्षेत्रफल १० हजार ४४० हेक्टर हो । जसमध्ये ९८२ हेक्टरमा चैते र ९ हजार ४८५ हेक्टर क्षेत्रफलमा बर्खे धानको खेती हुन्छ । यो वर्ष स्थानीय तहको बाँझो जग्गा खन्ने अभियान तथा लकडाउनका कारण थप जग्गामा समेत धान खेती गरिएको अनुमान छ । तर, त्यसको आधिकारीक तथ्याङ्क भने छैन । चौरासी, अश्लेवा, ग्वादी, खज्र्याङ्ग, दम्का, सोता, आपचौर, वामीलगायत क्षेत्रमा बढी मात्रामा धान खेती हुने गर्दछ ।
ती क्षेत्रहरुमा चन्दिना, सीएच ४५९, खुमल ४, खुमल ६, मकवानपुर १, हाइब्रिट युएस् ३१२, उपज, क्रान्तीलगायत उन्नत जातका धान लगाईने गरिन्छ । जिल्लामा हशंराज, आपझेत्ते, मार्सि काठेजिनुवा, जडन, जेठो बुढोलगायत स्थानीय जातका पनि धान लगाईने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको धान उत्पादनको कुल क्षेत्रफलमध्ये चैते धान खेती हुने क्षेत्रफल ४८० हेक्टर र वर्षे धान उत्पादन हुने क्षेत्रफल नौ हजार ९६० हेक्टर रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सनबहादुर रानाले जानकारी दिनुभयो । जिल्लामा आव २०७५र७६ मा २७ हजार ९८९ तथा २०७६र७७ मा २८ हजार ७२३।७५ मेक्ट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस