तीन मन्त्रीबाट शपथ ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीला नाथ श्रेष्ठ हुनुहुन्छ ।
उहाँहरु प्रधानमन्त्रीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त हुनुभएको हो । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस