• जीवनशैली | Jiwanshaili
  • आईपीएल टी ट्वान्टी बैंगलोर र पन्जाबबीच प्रतिस्पर्धा


    आईपीएल टी ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

    सारजाह क्रिकेट स्टेडियममा राति पौने ८ बजे सुरू हुने खेलमा बैंगलोर छैठौँ जितको खोजीमा हुनेछ । अघिल्ला ७ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ । तर पन्जाबले भने ७ खेलमा २ अंक जोडेको छ ।

    विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ । पन्जाबलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।
    पन्जाबले यस सिजन बैंगलोरलाई नै हराएको थियो । त्यसबाहेक अन्य खेलमा जित निकाल्न सकेको छैन ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार