• जीवनशैली | Jiwanshaili
  • खाना पकाउन ग्यास प्रयोग गर्दा ध्यान दिन पर्ने कुराहरु


    एलपी ग्यास अत्यन्तै प्रज्वलनशिल पेट्रोलियम पदार्थ भएकोले यसको प्रयोगमा सतर्कता एवम् सावधानी अपनाउन जरुरी हुन्छ । त्यसैले खाना पकाउने ग्यासको चुहावटले हुने दुर्घटनाबाट बच्न ध्यान दिनुपर्ने कुाराहरु तल दिएका छन्

    • दुर्घटनाबाट बच्न ध्यान दिनुपर्ने कुराहरुः

    १.रेगुलेटर, रवर, पाइप, चुलोजस्ता उपकरणहरु गुणस्तर भएको मात्र प्रयोग गर्ने ।

    २. सिलिण्डर ल्याउँदा लैजादाँ नगुडाऔँ, भान्सामा सिलिण्डर सधै ठाडो राख्ने, सुताएर, घोप्टाएर प्रयोग नगर्ने ।

    ३. खाना पकाउन सधै झ्याल ढोका खुल्ला राखौँ र सुतीको कपडा लगाएर मात्र खाना पकाउने गर्नुपर्छ ।

    ४.साथै हरेक दुई वर्षमा ग्यासको पाइप फेर्ने गर्नुपर्छ ।

     

    • ग्यास चुहावट भएमा यी कुराहरुमा ध्यान दिनुपर्छ

    १. खाना पकाउने स्थानमा एलपी ग्यासको तिखो गन्ध आइरहेको छ भने ग्यास चुहिएइको भन्ने बुझ्नु पर्छ ।

    २. झ्याल ढोका खुल्ला र झिल्का निस्किने वस्तुहरु जस्तैः ग्यास चुल्हो, सलाई, लाइटर, धुप आदी नबाल्ने ।

    ३. ग्यास लिक भएमा रेगुलेटरलाई सिलिण्डरबाट छुटाई सिलिण्डरमा सेफ्टि क्याप लगाई बाहिर खुल्ला स्थानमा राख्ने र यथासिग्र नजिकको ग्यास विक्रेता वा ग्यास उद्योगमा सम्पर्क गर्ने गर्नु पर्दछ ।

    ४. ग्यास लिक भएमा पहिला रेगुलेटर र पछि चेल्होको नव बन्द गर्नु पर्छ ।

    ५.विधुतजन्य उपकरणको प्रयोग नगर्ने ।

    ६.खाना पकाई सकेपछि सधै रेगुलेटर बन्द गर्न नबिर्सिने,


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार