भूकम्पले ढलेका गुम्बाको पुनःर्निर्माण हुने
विसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँच ऐतिहासिक गुम्बा निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान गरिएको छ । भारतको कर्णाटक राज्यसरकारले नेपालस्थित भारतीय दूतावासको सहयोगमा चिरीघ्याङ गुम्बा, तार्केघ्याङ गुम्बा, सुलीकोटघ्याङ गुम्बा मेलम्ची, सेर्माथाङघ्याङ गुम्बा र मेलम्चीघ्याङ गुम्बा निर्माण हुन लागेका हुन् ।
सांसद शेरबहादुर तामाङ, पूर्व अर्थ राज्यमन्त्री डा।ल्हार्क्याल लामा, वग्मती प्रदेश सांसद निमा लामाको पहलमा ती गुम्बा पुनःनिर्माणका हुन लागेको हो । विगत पाँच वर्षदेखी पहल हुँदै आएकामा बल्ल ती धरोहरहरुको पुनर्निर्माण हुन लागेकोमा आफूलाई खुशी लागेको सांसद तामाङले बताउनुभयो ।
पूर्व अर्थ राज्यमन्त्री लामाले ठूलो आर्थिक सहयोग गर्ने भारत सरकारप्रति आभार प्रकट गर्नुभयो । ऐतिहासिक गुम्बाहरूको पुनःनिर्माण हुने खबरले आफूहरु हर्षित भएको मेलम्ची घ्याङबासी र सुलिकोट घ्याङबासीले बताए यसैगरी नवलपुर गुम्बा र लिस्ती गुम्बा निर्माणका लागि पनि छिटै बेलपत्र आह्वान गरिने सांसद तामाङले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस