मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
गएराति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको स८प ८४८१ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ त ३७०१ नं को मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।
मृतक हकिम स८प ८४८१ नं को मोटरसाइकलमा पछाडी सवार थिए । उक्त मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१० बनौलीका २२ वर्षीय गुड्डु अन्सारी गम्भीर घाइते भएका छन् ।
त्यस्तै अर्का मृतक खडक नगरपालिकाका–११ बिसहरियाका साह प्रदेश २–०१–००१ त ३७०१ नं को मोटरसाइकलका चालक हुन् । उक्त मोटरसाइकलमा पछाडी सवार उनकी २६ वर्षीया पत्नी सुनिता साह गम्भीर घाइते भएकी छिन् । घाइतेको उपचारका लागि विरागटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस