भियतनाममा भिषण बाढी, ५५ जनाको मृत्यु
पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ ।
भियतनामको केन्द्रीय विपद् समितिले विगत १० दिनको अवधिमा बाढी पहिरोमा परेर अरु केही व्यक्ति बेपत्ता भएको जनाएको छ ।
भियतनामको मध्य क्षेत्रका क्वाङ ट्रि, थुआ थिएन हुई र क्वाङ नाम प्रान्तमा सबैभन्दा बढी असर परेको छ । थुआ थिएन प्रान्तको फोङ डाइन जिल्लामा बाढी पहिरो पीडितको उद्धारका लागि गएका १३ जना उद्धारकर्मीको पहिरोमा परेर ज्यान गएको समितिले जनाएको छ ।
केन्द्रीय विपद् समितिका अनुसार बाढी पहिरोमा परेका व्यक्तिहरुको उद्धार र खोजी कार्य जारी रहेको छ । देशको सेना र प्रहरीलाई पनि उद्धार र राहतका कार्यमा खटाइएको छ ।
गत अक्टोबर ५ देखि १३ तारिखसम्मको अवधिमा भियतनामको मध्यक्षेत्रमा ठूलो वर्षा भएको थियो । केही क्षेत्रमा २ हजार मिलिमिटरसम्म वर्षा भएको छ ।
झण्डै ९०० हेक्टर धानखेती र ५ हजार ५०० हेक्टर अन्य बालीमा बाढी पसेको छ । यहीबीच चार लाख ४५ हजार पशुपंक्षी पनि बाढीको चपेटामा परेका केन्द्रीय समितिले जनाएको छ ।
भियतनामको केन्द्रीय जलवायु विज्ञान विभागले शुक्रबारदेखि फेरि वर्षा हुने र योक्रम आगामी अक्टोबर २१ सम्म रहने जनाएको छ ।
सेप्टेम्बर २२ सम्ममा प्राकृतिक प्रकोपमा परेर भियतनाममा ९३ जनाको मृत्यु भएको र २७२ जना घाइते भएका छन् । बाढी, पहिरो र भारी वर्षाका कारण झण्डै २२ करोड डलर बराबरको क्षति भएको छ ।
––
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस