घाइतेको घरमा राज्यमन्त्री मानन्धर
हरी विकास राज्यमन्त्री रामवीर मानन्धर सोह्रखुट्टेस्थित फलफुलचोकमा खाना पकाउने ग्यास सिलिण्डर पड्कििएर घाइते भएका परिवारको घरमा पुग्नुभएको छ ।
सो क्षेत्रमा आज अनुगमन समेत गर्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले कोभिड १९ सकिएलगतै सरकारले जनताका अपेक्षानुसार काम गर्ने बताउनुभयो । सहरी क्षेत्रलाई व्यवस्थित र सबै किसिमको सुरक्षासहित प्रविधिमैत्री बनाउन आफुहरु लागिपरेको बताउँदै मन्त्री मानन्धरले सहरी क्षेत्रको सामाजिक सुरक्षामा आफूको विशेष ध्यान केन्द्रीत भएको बताउनुभयो ।
खाना पकाउने ग्यास लगायतका प्रज्ज्वलनशील पदार्थको प्रयोगले जनजीवन सहज भएपनि पछिल्लो समय सहरी क्षेत्रमा दुर्घटना पनि बढिरहेको बताउँदै उहाँले सावधानी अपनाउन आग्रह गर्नुभयो ।
शुक्रबार ग्यास विष्फोट हुँदा ११ जना घाइते भएका थिए भने स्थानीय घर तथा पर्खालमा क्षति पुगेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस