• जीवनशैली | Jiwanshaili
  • प्रहरीको कार्यशैली परिवर्तन गर्न मुख्यमन्त्रीको जोड


    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने अपराधिक गतिविधि रोक्न प्रहरीले आफ्नो पुरानो कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
    प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले समाजमा अपराध बढ्दै गएको देखिएकोले प्रहरीले सक्रियता अझै बढाउन जरुरी रहेको बताउनुभयो ।
    प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रहरी गठनमा ढिलाइ भइरहेकोले प्रहरी ऐन बनाएर छिटो प्रदेश प्रहरी गठनको प्रक्रिया थालिने बताउनुभयो । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुशन्धानमा प्रहरी सङ्गठन सफल भएको उल्लेख गर्दै प्रविधि प्रयोग गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार