नाइजेरियामा बन्दुकधारीद्धारा आठ सर्वसाधारणको गोली हानी हत्या
नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले गोली हानेर कम्तीमा पनि आठ जना सर्वसाधारण गाउँलेको हत्या गरेका यहाँको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
उनीहरुले यहाँको पश्चिमी एक राज्यको कादुना भन्ने स्थानमा ती गाउँलेको हत्या गरेका हुन् । त्यस गाउँमा ठूलो संख्यामा आएका बन्दुकधारीहरुले गाउँलेको हत्या गरेका समाचारमा जनाइएको छ ।
ती अज्ञात बन्दुकधारीहरुले बिहीबार सो गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेर अरु कैयौँलाई नराम्ररी घाइते बनाएका पनि सो समाचारमा जनाइएको छ । यसैबीच गएको शुक्रबार पनि सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको थियो । त्यस हिंसामा ती आक्रमणकारीहरुले १२ जनाको हत्या गरेका थिए ।
गिवा गाउँको कदाई भन्ने स्थानमा बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेका थिए । गत हप्ता पनि सोही गाउँमा नै उनीहरुले हमला गरेका थिए ।हतियारधारी आएर बन्दुकले हमला गरेका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् ।
ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन ।
–––
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस