काठमाडौं र भक्तपुरका यी ठाउँमा आज काटिँदैछ बिजुली
काठमाडौं- काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा आज (शनिबार) विद्युत सेवा अवरुद्ध हुने भएको छ । बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौंको बालाजु, कुलेश्वर, कलंकी लगायतका क्षेत्रमा बिजुली काटिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
त्यस्तै बालाजु क्षेत्रको वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए ।
ट्रान्सफर्मर जोड्नु पर्ने तथा रुख काट्नु पर्ने भएकाले कुलेश्वर कलंकी क्षेत्रमा पर्ने सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती काटिने अर्यालले जानकारी दिए ।
त्यसैगरी भक्तपुरको ठिमी, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा पनि बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली नआउने अर्यालले बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस