बाँकेमा कोरोनाबाट १८ वर्षीया किशोरीसहित दुईजनाको मृत्यु
नेपालगञ्ज- कोरोना भाइरस संक्रमणबाट बाँकेमा १८ वर्षीया युवतीसहित थप दुई जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत थप दुई संक्रमितको गए राति आधा घण्टाको फरकमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरका ६१ वर्षीय पुरुष र उपमहानगरपालिका–१८ कारकाँदोकी १८ वर्षीया युवती रहेका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
भृकुटीनगर निवासी ६१ वर्षीय पुरुषको शुक्रबार राति ९ बजे र १८ वर्षीय युवतीको ९ः३० बजे मृत्यु भएको श्रेष्ठले बताएका छन् । असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो। उनलाई प्लाजामा थेरापी लगायत विधिबाट पनि उपचार गरिएको थियो ।
यस्तै असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीया युवतीमा पनि शवासप्रश्वासमा समस्या रहेको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस