• जीवनशैली | Jiwanshaili
  • अष्ट्रियामा नेपाली महिलाले गरिन् आफ्नै तीन सन्तानको हत्या


    काठमाडौं- अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेकी छन्। अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षीया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेर पुलिसलाई खबर गरेकी थिएन।

    घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले बताए। आफ्नै आमाले हत्या गरेका तीन छोरीको उमेर उमेर ८ महिना, नौं वर्ष र तीन वर्ष रहेको छ।

    प्रहरीले महिलाको परिचय खुलाएको भने छैन। हत्यापछि ती महिलाले आत्महत्याको प्रयास गरेकी थिइन्।

    ती महिलाले अष्ट्रियाको समय अनुसार शनिबार बिहान ५ बजेर २० मिनेटमा प्रहरीलाई आफैले खबर गरेकी थिइन्।

    प्रहरी घटनास्थलमा पुग्दा ९ वर्षीया एक बालिका जिवित नै रहेको तर पछि अस्पतालमा लगेपछि निधन भएको बताएको छ। महिलाका श्रीमान पनि अष्ट्रियामा नै बस्दै आएका छन्। घटनाको बारेमा विस्तृत जानकारी आउन बाँकी छ। प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ। हत्याको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ। नागरिकन्यूजबाट


    क्याटेगोरी : प्रवास, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार