उदयपुरमा स्कारपिओ दुर्घटनाः ५ को मृत्यु, तीन घाइते
सुनसरी- उदयपुरमा शनिबार राती सवारी दुर्घटना भएको छ। दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका–१४ भदौरेमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपिओ शनिबार राति करिब १२ बजे दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु भएका पाँचमध्ये दुईजनाको मात्र पहिचान खुलेको उदयपुर प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ।
यस्तै करिव ३२ वर्षका पुरुष, ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भइ नसकेको बताइएको छ। पहिचान नखुलेका उनीहरूको पनि घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस