पूर्वमन्त्री डा डम्बरनारायण यादवको उपचारका क्रममा निधन
पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।
महादेवा गाउँपालिका–३ बथनाहा निवासी पूर्वमन्त्री डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उहाँका भतिजा अजय यादवले जानकारी दिनुभयो । काठमाडौँमा बसोबास गर्दै आएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बस्नुभएको थियो । उहाँ चार दिनअघि अचानक बेहोस हुनुभएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराउनुभएका डा यादवको मस्तिष्कघातका कारण निधन भएको भतिजा अजयले बताउनुभयो ।
यादव २०३६ साल जेठ १८ गते तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री हुनुहुन्थ्यो । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उहाँ स्वास्थ्यमन्त्री रहनुभएको थियो ।
प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय हुनुभएका यादव मधेशी नागरिक समाजको अध्यक्षको हैसियतामा सामाजिक कार्यमा संलग्न रहनुभएको थियो ।
उहाँको महादेवा गाउँपालिका–३ बथनाहास्थित पैतृक गाउँमा आज साँझ दाहसंस्कार गरिने यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवको एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँका श्रीमतीको एक वर्षअघि निधन भएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस