जिल्ला कारागार ओखलढुङ्गाका कैदीबन्दीलाई खसी उपहार
प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले जिल्ला कारागार ओखलढुङ्गाका कैदीबन्दीलाई खसी उपहार दिनुभएको छ ।
दशैँका अवसरमा सांसद सुनुवारले जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी हस्तान्तरण गर्नुभएको हो ।
विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे तापनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीलाई सम्झिएको सांसद सुनुवारले बताउनुभयो ।
कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सांसद सुनुवारले कैदीबन्दीलाई सुझाव दिनुभयो । पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सीपमूलक काम सिक्ने जस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन सकिने उहाँको भनाइ थियो । सांसद सुनुवारले २०७० सालदेखि दशैँका समयमा कैदीबन्दीलाई खसी सहयोग गर्दै आउनुभएको छ ।
खसी उपहार दिन कारागार पुग्नुभएका सांसद सुनुवार, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् ।
प्रमुख जिल्ला अधिकारी पौडेलले कारागारमा क्षमताभन्दा बढी कैदी राखिनुपर्ने बाध्यता रहे पनि आन्तरिक व्यवस्थापन राम्रो गर्ने प्रयास भइरहेको बताउनुभयो । कैदीबन्दीबीचको एकता र मेलमिलाप चर्चायोग्य छ भन्दै प्रजिअ पौडेलले आगामी दिनमा पनि मिलेर बस्न आग्रह गर्नुभयो । कारागारको समस्या समाधानका लागि माथिल्लो निकायमा सिफारिश गरिएको उहाँको भनाइ थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस