घरमा धारा अाउँदा खुसी
बागलुङको बडिगाड गाउँपालिकाले खानेपानीको समस्या रहेको वडा नं. १० को दर्लिङमा रू ३९ लाख ७८ हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा)सँगको सहकार्य र स्थानीयवासीको श्रमदानमा ४१ घरमा एक–एकवटा धारो जडान गरिएको हो । सो आयोजनाका लागि नेवाको रू २६ लाख ३१ हजार, स्थानीय उपभोक्ताको रू १० लाख ३८ हजार र गाउँपालिकाको रू ३ लाख आठ हजार व्यहोरिएको उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर रासकोटीले बताउनुभयो ।
उक्त आयोजनाले पात्ले झाँक्रीस्थानका ४२ घरधुरीमा शुद्ध खानेपानी पुर्याइएको छ । वर्षौ अघिदेखि स्थानीयवासीले खानेपानीको समस्या झेल्दै आएकामा अहिले प्रत्येक घरमा शुद्ध खानेपानी उपलब्ध गराइएको छ । सो आयोजनाका लागि स्थानीयवासीले श्रमदानसमेत गरेका नेवाका गण्डकी प्रदेश प्रबन्धक कुमार सिलवालले बताउनुभयो ।
“खानेपानीको समस्याले गर्दा किसानले तरकारीसमेत लगाउन नपाएका र गाईबस्तुलाई खोलाछेउमा लगेर पाल्नु परेको थियो” अध्यक्ष रासकोटीले भन्नुभयो, “अहिले पानीले धेरै सजिलो बनायो ।” पाइपलाइनबाट पा
नी नपुगेका सात घरका लागि सोलार प्यानल जडान गरेर लिफ्ट प्रविधिमार्फत पानी खुवाउने योजना रहेको उहाँको भनाइ थियो ।
दर्लिङकै बलगाँसमा पनि गत साउनमा अर्को खानेपानी आयोजना निर्माण गरिएको थियो । रू २२ लाख ३९ हजारको लागतमा निर्माण गरिएको सो आयोजनाबाट ५५ घरधुरीले स्वच्छ पानी खान पाएको उपभोक्ता समितिका सदस्य बिजय केसीले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस