विगतमा झै बिकेनन् खसीराँगा
विगतका वर्षमा दशैँको एक महिना अगाबै खसी, कुखुरा, राँगाको किनबेच हुन्थ्यो । दशैँका बेला ब्यापारीहरूको तारान्तार फोन आउनाका साथै उनीहरू गाउँगाउँमै खसी, बोका, कुखुरा किन्न पुग्थे र अग्रिम भु्क्तानी छाडेर बजार फर्किन्थे र दशैँ लागेपछि लिन जान्थे ।
बजारमा मासु किन्नेको भीड हुन्थ्यो तर यसवर्ष भने यतिबेलासम्म पनि न व्यावसायीले खसी÷राँगा किनेका छन्, न त मास्ुका लागि ‘अर्डर’ आएको छ । दशैँ लागिसक्दा पनि खसी÷राँगा किनबेच शून्यजस्तै भएको छ ।
बन्दाबन्दी९चैत–असार०मा सुस्ताएका मासु पसल बन्दाबन्दी हटेपछि चलमलाए पनि गत महिनादेखि फेरी सुस्ताएकामा दशैँ लागिसक्दा चलमलाउन सकेका छैनन्
बाहिरी जिल्लामा खसी-बोकाको बिक्री बढेकाले पनि जिल्लामा व्यापार सुस्ताएको सदरमुकामस्थित माल्दाइ मासु पसलका सञ्चालक टेकबहादुर श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार गाउँगाउँबाट खसी÷बोका किनेर काठमाडौँ, विराटनगर९मोरङ०, बिर्तामोड९झापा० लगिएकाले जिल्लामा खसी व्यापार सुस्ताएको हो ।
“किलोका हिसावले खसी बोका किनेर अन्यत्र लगेपछि व्यापार छैन”, श्रेष्ठ भन्नुहुन्छ,“गएका वर्षको जस्तो दशैँका लागि स्टक राख्ने खसी बोका नै यो वर्ष छैन । कोरोनाले परिवार एकै ठाउँमा भेला हुन नसकेकाले यस वर्ष मासुको ‘अर्डर’ पनि नआएको हुनसक्छ । ” खसी, बोका र राँगाको कारोबारभन्दा अहिले कुखुराको कोरोबार भने केहीबढे पनि विगतका वर्षमा जस्तो कुखुराको मासुको माग पनि नआएको जिल्ला कुखुरा व्यवसायी सङ्घका अध्यक्ष दिनेश महत बताउनुहुन्छ ।
कुखुराको मासु अधिकांशाले खाने भएपनि यसवर्ष अनुमान गरिएभन्दा निकै कमले किन्न आएको उहाँको भनाइ छ । “केही हदसम्म त बढेको छ तर सदाजस्तो छैन ।” अध्यक्ष महत भन्नुहुन्छ, “लोकल र ब्रोइलर दुबै कुखुराको किनबेच सुस्ताएको छ । अहिले किनेको कुखुरा पनि तिहारपछिका लागि हो ।” उहाँका अनुसार जाडो यामका लागि यतिबेलै कुखुराको चल्ला किनबेच हुन्छ तर जाडो यामका लागि कुखुरा किनेपनि अहिलेका लागि भने खासै कुखुराको किनबेच भएको छैन ।
अरुबेलाको तुलनामा दशैँमा मासुको कोरोबार झण्डै तेब्बर हुन्थ्यो ।
मासुजन्य पशु–पन्छी बिक्री हुने मुख्य याममै कोरोनाको महामारीले सताएकाले तिनको कोरोबार नबढेको इलाम नगरपालिका पशु हाट कर सङ्कलक एवं सचिदानन्द सेवा केन्द्रका सञ्चालक रमेश श्रेष्ठ बताउनुहुन्छ । “धेरै खसी-बोका त जिल्ला बाहिर लगेर पनि जिल्लामा कम कारोबार भएको हो” उहाँ भन्नुहुन्छ,“अहिले कोरोनाले परिवार नै तित्तरबित्तर भएर भेला नभएकाले र कतिपयको क्रयशक्ति पनि घटेकाले पनि मासुको कारोबार नभएको हो ।
जिल्लामा अहिले खसीको मासु प्रतिकिलो रू आठ सयमा र र ब्रोइलर कुखुराको मासु प्रतिकिलो रू ३८० देखि चारसयमा किनेबेच भइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस