ब्रोइलरमा बिचौलियाको मनोमानी
ब्रोइलर कुखुराको मासु किनबेचमा बिचौलीयाले बढी नाफा लिएको पाइन्छ । अहिले उत्पादकबाट सङ्कलकले प्रतिकिलो ब्रोइलर कुखुरा रू २३० मा किनेर रू २४५ मा फ्रेस हाउसमा बेच्ने गरेका छन् भने फ्रेस हाउसले ब्रोइलरको मासु रू ३८० देखि रू ४०० सम्म लिने गरेका छन् ।
कुखुरा किनेको मूल्यको दोब्बर नाफा लिएर फ्रेस हाउसले मासु बिक्री गरेको देखिन्छ । ठूलो रकम नाफा लिएर बेच्दा पनि फ्रेस हाउस सञ्चालकले मासु बनाउन झन्झट हुने भएकाले बढी रकम लिनु परेको बताउने गरेका छन् ।“ हामीले मासु काट्न धेरै खर्च गर्नुपर्छ ।त्यसैले धेरै रकम लिएको देखिएको हो ।”
जिल्ला कुखुरा व्यवसायी सङ्घका अध्यक्ष दिनेश महत भन्नुहुन्छ, “हामीले प्वाखसहितको कुखुरा किनेर मासु मात्र बेच्नुपर्छ । त्यसैले मासुसमेत घट्नाका साथै काट्नका लागि ग्यास र श्रम लाग्नाले धेरै रकम लिइएको हो ।”
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस