केएमसी अस्पतालको तेस्रो तलाबाट बिरामीले हाम्फाले
काठमाडौं- सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट एक जना बिरामीले हाम्फालेका छन् । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय रोशन खड्काले हाम्फालेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले बताएका छन्।
प्रहरीका अनुसार खड्काको अवस्था गम्भीर रहेको छ । बानेश्वर बस्ने रोशनको मानसिक अवस्था ठीक नभएको र उनको अहिले केमसीमै उपचार भइरहेको अस्पतालले जनाएको छ ।
आइतबार डेरामा आफैलाई आगो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् । सोमबार पौने ९ बजे आमा औषधी किन्न गएको बेला उनी हाम्फालेका हुन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस