अपाङ्गता परिचयपत्र वितरण
पौवादुङ्मा गाउँपालिकामा घुम्ती शिविरमार्फत १०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । गाउँपालिकाका प्रत्येक वडालाई केन्द्र बनाएर परिचयपत्र वितरण गरिएको हो । शारीरिक रुपमा अशक्त नागरिकलाई गाउँस्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविरमार्फत ‘क’ वर्गका १२, ‘ख’ वर्गका २२, ‘ग’ वर्गका ३९ र ‘घ’ वर्गका ३१ जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो, ।
यसअघि जिल्ला प्रशासन कार्यालयसंँगको सहकार्यमा घुम्ती शिविरमार्फत नागरिकतासमेत वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । आफ्नै गाउँघरमा राज्यको सेवा लिन पाउँदा स्थानीयवासी खुशी भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस