दुग्ध विकास संस्थानको बिक्री केन्द्र सञ्चालन
दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।
संस्थानको नेपालगञ्ज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा विस्तार गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । घोराही–१४ को राप्ती टोलबाट सेवा शुरु गरिएको हो । संस्थानका अध्यक्ष वसन्त गिरीले पहिलो चरणमा बिक्री केन्द्र स्थापना गरिएको दाङलाई भविष्यमा दूधको केन्द्रका रुपमा निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।
दूध उत्पादनका दृष्टिकोणले दाङ राम्रो सम्भावना भएको क्षेत्र भएकाले आगामी दिनमा स्थानीय सरकारसँगको सहकार्यमा संस्थानले घोराही क्षेत्रमा दूध सङ्कलन केन्द्रसमेत निर्माण गरी प्रशोधन गरेर बजारीकरण गरिने योजना राखिएको उहाँको भनाइ छ । कोरोना महामारीका बेलामा बजारमा दूधको खपत अहिले आधा घटेको बताउँदै उहाँले संस्थानले घाटा सहेर भए पनि कृषकले उत्पादन गरेको दूध खरीद गरी व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।
मुलुकभर संस्थानको दुई लाख लिटर दूध विगतमा खपत हुने गरेकामा हाल त्यसको खपत झण्डै आधा घटेको छ । उहाँले प्रतिलिटर रु १७ घाटा सहेर पनि कृषकलाई राहत प्रदान गरिएको बताउनुभयो । दूधमा प्रतिलिटर रु ५ मुनाफा आर्जन गरेर विगत वर्षमा रु चार करोड मुनाफा कमाएको संस्थानले नाफामुखी मात्रै नभई सेवामुखी भएर पनि काम गरिरहेको बताएको छ ।
दाङका लमही र तलसीपुर क्षेत्रबाट यसअघि सेवा प्रदान गर्दै आएको दुग्ध विकास संस्थानले निकट भविष्यमा घोराही क्षेत्रमा पनि पूर्वाधार निर्माण गरी दुग्ध उत्पादक कृषकको दूध खरीद गर्ने योजनाका साथ काम अघि बढाइएको उहाँको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय दाङका प्रमुख डा वेदबहादुर केसीले प्रशोधित दूध सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुने बताउनुभयो । दुग्ध विकास संस्थानले सरकारले तोकेको मूल्यमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्दै आएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस