• जीवनशैली | Jiwanshaili
  • सरकार नै संक्रमित भएर आइसोलेसनमा छ : गगन थापा


    कोरोना रोकथाममा सरकारले हात उठाएको र सरकार असफल भइसकेको प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाईरहदा,
    नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमितको उपचार र परीक्षणबापत लाग्ने शुल्क व्यक्ति आफैंले गर्नुपर्ने सरकारको निर्णयका बिषयमा विरोध जनाएका छन्।

    एक ट्विट लेख्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले हरेक दिन खुद्राखुद्रामा निर्णय गर्नुभन्दा सरकार नै संक्रमित भएर आइसोलेसनमा रहेको भनिदिए हुने लेखेका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा कोरोनाको उपचार र परीक्षण व्यक्ति आफैंले गर्नुपर्ने बताएको थियो। सरकारले गरेको यस्ता निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार