दुई बालिका पोखरीमा मृत अवस्थामा फेला
दुई बालिका पोखरीमा मृत अवस्थामा फेला
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् ।
शनिबार दिउँसो आङ्गनमा खेल्दाखेल्दै हराएकी दुवै बालिका साँझसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो । घरपरिवारले राति ८ः४५ बजे लक्ष्मीनियाँ प्रहरी चौकीमा बालिका हराएको जानकारी गराएका थिए ।
प्रहरीमा खबर गरिएपछि खोजतलाश गर्ने क्रममा आइतबार साँझ स्थानीय बाबुजी यादवको पोखरीमा उनीहरुको शव पानीमा तैरिरहेका अवस्थामा फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
दुवै बालिकाको डुबेरै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
दुईसय ग्राम सुनसहित पक्राउ
जनकपुरबाट २०० ग्राम अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको बलबा नगरपालिका– ४ का ३४ वर्षीय रामचन्द्र साह रहेको सशस्त्र प्रहरीले जनाएको छ । प्राप्त सूचनाका आधारमा बा१०च ३५६८ नंको इको भ्यानमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा जनकपुरको भ्रमरपुरा चोकबाट सो परिमाणको सुनसहित उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल, धनुषा ८ नम्बर गणले जनाएको छ । बरामद गरिएको २०० ग्राम सुनको बजार मूल्य १६ लाख २३ हजार ८०० रहेको छ ।
गणका सशस्त्र प्रहरी निरीक्षक शम्भू कटवालको नेतृत्वमा खटिएको टोलीले काठमाडौँबाट अवैधरुपमा चोरी पैठारी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा आइतबार साँझ उक्त सुन र गाडी पक्राउ गरेको हो । सुनसहित गाडीको अन्दाजी मूल्य करिब रु ३१ लाख २३ हजार ८०० रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सुन र गाडी आवश्यक कानूनी कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस