सभामुख सापकोटाले चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने
सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्ववापत प्राप्त हुने रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्नुहुने भएको छ ।
सभामुख सापकोटाले आज प्रेस विज्ञप्तिमार्फत आफूलाई चाडपर्ववापत प्राप्त खर्च कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभएको छ ।
विश्वव्यापी कोरोना महामारी र त्यसबाट उत्पन्न सङ्कटका घडीमा संसद्मका सदस्यलाई उपलब्ध गराइएको चाडपर्व खर्चलाई लिएर विभिन्न टिप्पणी आएका सन्दर्भमा आफ्नो ध्यानकर्षण भएको उहाँले जनाउनुभएको छ ।
सरकारको गत वर्षको निर्णयले उपलब्ध गराउँदै आएको सुविधाका सन्दर्भमा देशको हालको सङ्कटपूर्ण अवस्थालाई ध्यानमा राखी सत्तापक्ष तथा प्रतिपक्षी दलले गरेको सुझबुझ निर्णयप्रति सभामुख सापकोटाले धन्यवाद दिनुभएको छ ।
देशको आर्थिक अवस्था सङ्कटपूर्ण रहेको वर्तमान अवस्थामा उहाँहरुको सो कदमले सरकारको कोरोना प्रकोप नियन्त्रण गर्ने अभियानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षासमेत सभामुख सापकोटाले व्यक्त गर्नुभएको छ ।
सत्तारुढ दलका केही सांसदले सरकारले उपलब्ध गराएको दशैँभत्ता फिर्ता गर्ने वा अस्पताल तथा बिरामीलाई सहयोग गरेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने पूर्ण रुपमा नै उक्त सुविधा फिर्ता गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस