६५ विद्यालयको एक साथ पुनःनिर्माण
बागलुङमा एकसाथ ६५ विद्यालयको पुनःनिर्माण थालिएको छ । भूकम्प गएको पाँच वर्ष बित्दा बल्ल ११४ विद्यालय भवन ठडिएका हुन् ।
भुकम्प गएको पाँच वर्ष बितिसक्दा विद्यालय पुनःनिर्माणले अहिले आएर गति लिन थालेको छ । २०७२ सालको भुकम्पबाट क्षति पुगेका विद्यालय भवन पुनःनिर्माणले गति लिन थालेको हो । बागलुङमा विद्यालय भवन निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनःनिर्माणमा गति दिएको हो ।
बागलुङमा पुनःनिर्माण कार्यालय शिक्षा स्थापना भएपछि आर्थिक वर्ष २०७५÷७६ मा ३८ र २०७६÷७७ को पहिलो चरणमा आठ गरी ४६ विद्यालय पुनःनिर्माण भइसकेका र २०७६÷७७ को दोस्रो चरणमा ६५ विद्यालयको पुनःनिर्माण एकसाथ थालिएको जिल्ला आयोजना कार्यान्वय एकाइले जनाएको छ । बन्दाबन्दीकै समयमा आर्थिक वर्ष २०७६÷७७ को पहिलो चरणमा निर्माण शुरु गरेका आठ विद्यालयको निर्माण कार्यसमेत सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो ।
सो कार्यालय स्थापनाअघि तत्कालिन जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत ६८ विद्यालय भवन पुनःनिर्माण भइसकेका थिए । भुकम्पले क्षति पु¥याएका विद्यालयमध्ये हालसम्म ११४ विद्यालय भवन पुनःनिर्माण भइसकेका छन् ।
–––
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस