मन्त्रिपरिषद्काे बैठक बस्दै
सोमबारका लागि मन्त्रिपरिषद् बैठक तय भए पनि नबसेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद बैठक बोलाएका हुन। अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक तय गरिएको एक मन्त्रीले जानकारी दिए।
मन्त्रीका अनुसार कोरोना संक्रमणको उपचार खर्च सरकारले नव्यहोर्ने निर्णयमा सबैतर्फबाट आलोचना व्यहोरिरहेकोले मंगलबारको बैठकमा यो विषयमा छलफल गर्न सक्ने संभावना छ।
असोज १९गते सरकारले यस्तो निर्णय गरेको थियो। उक्त निर्णय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेपछि आलोचना भएको थियो।
कोरोना संक्रमितको उपचार र परीक्षण खर्च संक्रमितले आफैँ व्यहोर्नुपर्ने निर्णयका कारण ओली सरकार प्रतिपक्षी र सर्वसाधारण माझ मात्र होइन, आफ्नै पार्टीभित्र पनि आलोचित बनेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस