असई र प्रहरी जवानको हत्यामा संलग्न तस्करी समूहका सात जना पक्राउ
कैलाली- धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साँउदको हत्याको आरोपमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१० का पर्कु भन्ने रोहित राना, सोही ठाउँका राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
ती प्रहरीको गत असोज १ गते जुगेडाको दक्षिणी भागमा राति गस्ती गर्ने क्रममा धनगढी– १० स्थित मोहना नदीबाट अन्दाजी ४०० मिटर उत्तरमा सीमामा अवैध समानहरुको तस्करी गरी रहेको समूहलाई नियन्त्रणमा लिने क्रममा हत्या भएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस