• जीवनशैली | Jiwanshaili
  • युट्युबले रोक्यो अफवाह फैलाउने सामग्री


    विश्‍वभर सोसल मिडिया प्रयोगकर्ताको संख्या प्रतिदिन बढ्दै गइरहेको छ । यो सोसल मिडिया प्रयोगकर्ता र डेभलपर दुवैथरीको लागि खुशीको खबर हो ।

    प्रयोगकर्ता बढ्दै जाँदा यसको माध्यमबाट अफवाह र झुटा खबरहरु फैलिने क्रमसमेत बढ्दै गएको छ । गलत सन्देश र अफवाहहरु फैलिने विषय प्रायः सबै सोसल मिडियाहरुको टाउको दुखाई बन्‍न पुगेको छ । यसैबीच गुगलको निकै प्रचलित प्रोडक्ट युट्युबले अफवाह फैलाउने सामग्रीहरुमा रोक लगाएको छ ।

    विगत केही दिनदेखि कोभिड-१९ भ्याक्सिनको प्रयोगका बारेमा अफवाह फैलिएको थियो । ती सामग्रीमा कोभिड भ्याक्सिनले मानिसहरुमा बाँझोपन हुने, मानिस मर्ने, मानिसको शरीरमा माइक्रोचिप्स जडान गरी निगरानी गरिनेजस्ता गलत सन्देश राखिएका थिए ।
    देशभित्रका स्वास्थ्यसम्बन्धी नियामक निकायहरु र विश्‍व स्वास्थ्य संगठनका सूचना, निर्देशनसँग बाझिने सामग्रीहरु हटाइने युट्युबको भनाई छ । उसले आफ्नो ुमिस इन्फर्मेसन पोलिसीु लागु गर्दै गलत सूचना भएका सामग्री हटाउने क्रम तीव्र बनाएको छ ।

    मत सर्वेक्षणहरुका अनुसार फक्स न्युज च्यानलका ५० प्रतिशत दर्शकहरुले ुबिल गेट्‍सले कोरोना भाइरस भ्याक्सिनसँगै माइक्रोचिप्स जडान गरिदिने र अमेरिकीहरुलाई निगरानीका लागि प्रयोग गर्नेु अफवाहमा विश्‍वास गर्ने गरेको पाइएको छ ।

    सोसल मिडियासम्बन्धी अनुसन्धाताहरुले युट्युबले गलत सन्देश दिने २ लाखभन्दा बढी ुखतरनाक भिडियोुहरु हटाएको बताएका छन् ।
    सन् २०२० को अन्त्यसम्म कोभिड-१९ भ्याक्सिन आम प्रयोगको लागि तयार हुने विश्‍व स्वास्थ्य संगठनको भनाई छ ।

    हाल ९ वटा भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् । यी भ्याक्सिन तयार भई सन् २०२१ सम्ममा २ बिलियन डोज उत्पादन गर्ने योजना छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार