• जीवनशैली | Jiwanshaili
  • स्पुतनिक-भी प्रयोग गर्नेहरु संक्रमित भएको खबर झुटोः रसिया


    स्पुतनिक-भी रसियामा विकास भएको विश्‍वकै पहिलो कोभिड भ्याक्सिन हो । गामालेया रिसर्च इन्स्टिच्युटले विकास गरेको यो भ्याक्सिन तेस्रो चरणको परीक्षणका क्रममा छ । यसैबीच तेस्रो चरणको परीक्षणका क्रममा स्पुतनिक-भी प्रयोग गर्ने केही व्यक्तिहरु संक्रमित रहेको खबर सार्वजनिक भएपछि रसियाले त्यसको खण्डन गरेको छ ।

    रसियाली समाचार संस्था स्पुतनिक न्युज डटकममा प्रकाशित समाचार अनुसार भ्याक्सिन प्रयोग गरेका २ हजार जना व्यक्तिमध्ये कोही पनि संक्रमित भएका छैनन् । केही मिडियाहरुमा प्रकाशित भ्याक्सिन प्रयोग गर्ने व्यक्तिहरुमा संक्रमण भएको खबर झुटो हो । गामालेयाका रिसर्च इन्स्टिच्युटका प्रमुख एलेक्जेन्डर लियोनिदोभिच गिन्सवर्गका अनुसार संक्रमित हुनु र बिरामी पर्नुु यौटै कुरा होइन । गामालेया प्रमुख गिन्सवर्गलाई उल्लेख गर्दै समाचारमा भनिएको छ, करिब २ हजार व्यक्तिले भ्याक्सिनको पहिलो र दोस्रो चरणको प्रयोग गरेका छन् । तीमध्ये कोही पनि संक्रमित भएका छैनन् ।

    स्पुतनिक-भी भ्याक्सिन गामालेया रिसर्च इन्स्टिच्युट अफ इपिडेमियोलोजी एण्ड माइक्रो बायोलोजीले विकास गरी गत अगस्ट ११ तारिखमा रसियाको स्वास्थ्य मन्त्रालयमा दर्ता भएको थियो ।

    भ्याक्सिन विकास गरेको घोषणा गरेदेखि नै विभिन्‍न कोणबाट शंका, उपशंका हुने गरेको छ भने रसियाले तिनको खण्डन गर्दै आइरहेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार