किसानको धान खरिद गर्न सहकारीलाई अनुदान
सरकारले किसानको धान खरिद गर्नका लागि सहकारीलाई अनुदान प्रदान गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तोकेको मूल्यमा किसानले धानको बजार पाउने व्यवस्थासहित सहकारीलार्ई प्रतिक्विन्टल रु ११२ अनुदान दिने मन्त्रालयका उपसचिव डा गङ्गादत्त आचार्यले बताउनुभयो ।
मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका, २०७७ पारित गर्दै सहकारीलाई सहयोग गर्ने भएको हो । सहकारीले यसरी न्यूनतम मूल्यमा धान खरिद गर्दा सरकारले धानको न्यूनतम समर्थन मूल्य मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ८८५ तोकेको थियो ।
उहाँले कृषि उत्पादन र कृषकको हितमा हुने तथा धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी भएमा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने बताउनुभयो । करिब १७५ सहकारीले डेढ लाख मेट्रिक टन धान खरिद गर्न सक्ने आशय व्यक्त गरिसकेको उपसचिव आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले चाँडै नै सूचना प्रकाशित गरी सबै सहकारीलाई आह्वान गर्ने छ ।
धान खरिद गर्दा सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम समर्थन मूल्यमा खरिद गर्नेछन् । त्यसभन्दा बढी चिस्यान भए एक प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारित गर्नेछन् । यसरी न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन हुने र किसान लाभान्वित हुनेछन् भने सहकारीमार्फत काम हुँदा कृषिमा सहकारीको भूमिका कुरामा मात्रै होइन, व्यवहारमा समेत स्थापित हुँदै जाने उहाँको भनाइ छ ।
उपसचिव डा आचार्यका अनुसार कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्डस्टोर, नर्सरी, उत्पादनलगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने मन्त्रालयका योजना रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस