वृद्धवृद्धाले पाएनन् दशैंभत्ता
खाँदबारीका वृद्धवृद्धाको यस सालको दशँैं खल्लो हुने भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका वृद्धवृद्धा निराश भएका छन् ।
कोरोना महामारीका कारण देखाउँदै खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिने भएको छ । सरकारले भत्ता नदिएपछि खाँदबारीका धेरैजसो ज्येष्ठ नागरिकले दशैंँ कसरी मनाउने भन्ने चिन्ता लागेको बताएका छन् ।
आफूहरु ऋण खोजेर दशैँ मान्न बाध्य भएको खाँदबारी–४ का ८६ वर्षीय बैरव राईले गुनासो गर्नुभयो ।कोरोना महामारी र संकट परेका बेला भत्ता नपाउँदा झन् मन खिन्न भएको राईको भनाइ थियो ।
नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला, विधवा र दलितसहित दुई हजार ६४३ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । त्यस्तै पाँचखपन नगरपालिकामा एक हजार चार सयभन्दा बढीले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।
सरकारले जेष्ठ नागरिकलाई रु तीन हजार, ज्येष्ठ नागरिक एकल महिलालाई रु दुई हजार, विधवालाई रु दुई हजार, दलित ज्येष्ठ नागरिकलाई रु दुई हजार, अपांगता भएका ९क० लाई रु तीन हजार, अपांगता भएका ९ख० लाई रु एक हजार ६ सय र बाल संरक्षणका लागि रु चार सयका दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।
नगरपालिकाले ढिला गरी रकम निकासा गरेका कारण बैंकले समय भुक्तानी गर्न नसकेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयका प्रबन्धक अनिश रायमाझीले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस