१३ लाख मृत्युदाबी भुक्तानी
एलआईसी बीमा कम्पनी बागलुङले मृत्युदाबी रकम भुक्तानी गरेको छ ।
गत साउन ९ गते बागलुङ नगरपालिका—१ स्थित रामरेखा सामुदायिक वनमा खसेको सुख्खा पहिरामा पुरिएर वेपत्ता भएका नेत्रबहादुर पुनको परिवारलाई जीवन बीमा बापत रु।१३ लाख ५२० हस्तान्तरण गरिएको एलआईसी बागलुङ शाखाले जनाएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका—५ घर भई बागलुङ नगरपालिका—४ उपल्लाचौर बस्दै आएका पुन पहिरामा परी वेपत्ता हुनुभएको थियो ।
पहिरामा वेपत्ता पुनको शव हालसम्म नभेटिएकाले दाबी भुक्तानी गर्न ढिलाई भएकोे एलआईसीका मार्केटिङ म्यानेजर अर्जुन घिमिरेले जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो “सरकारी कार्यालयले मृत्यु सरहको राहत रकम उपलव्ध गराई मृत्यु दर्ता समेत गरेपछि हामीले मृत्युदाबी भुक्तानी दिएका हौं ।” उक्त रकम पुनकी धर्मपत्नी कल्पना थापामगरलाई हस्तान्तरण गरियो ।
पुनले दुई वर्ष अगाडि मात्रै ६ लाख १० हजारको जीवन आनन्द बीमा पोलिसी खरिद गर्नुभएको थियो । उहाँले दुई वर्षको ९४ हजार २०४ मात्र बीमा बापतको रकम कम्पनीलाई बुझाउनुभएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस