पोलिक्लिनिकमा तालाबन्दी
इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले इटहरीको एक पोलिक्लिनिकमा तालाबन्दी गरेको छ । यहाँको ‘विराट पाथिभरा अस्पताल’ को वोर्ड राखेर सञ्चालन गरेको पोलिक्लिनिकमा अनुगमन टोलीलिे तालाबन्दी गरेको हो ।
उपभोक्ता हित संरक्षण समिति संयोजक समेत रहेकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनको क्रममा कोशी पाथीभरा पोलिक्लिनिकमा तालाबन्दी गरिएको हो । दर्ता नगरी गैह्र कानूनी तरिकाले अस्पतालको रुपमा सञ्चालन गरेको पाइएकाले तालाबन्दी गरिएको उपमेयर गौतमले जानकारी दिनु भयो ।
उक्त पोलिक्लिनिकबाट म्याद गुज्रिएका औषधिहरु पनि वरामद गरिएको उहाँले बताउनुभयो । टोलीले इटहरी मेडिकल हल, शैलुङ मेडिकल हल, पञ्चकोशी हेल्थ सर्भिस सेण्टर प्रालि, कलस फार्मेसीलगायतमाअनुगमन गरेको थियो ।
केही फार्मेसी तथा मेडिकलमा औषधि व्यवस्था विभागमा दर्ता नगरिएका खाद्यपुरक समाग्री बेच्न राखिएको पाइएको उपमेयर गौतमले जानकारी दिनुभयो । उनीहरुलाई स्पष्टिकरण सोधिएको छ ।
उपमहानगरको सक्रीयतामा एक सातादेखि बजार अनुगमन तीव्र पारिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस