विपन्नलाई दशैँलक्षित राहत वितरण
नमोबुद्ध नगरपालिकाले नगरका विपन्न परिवारलाई आज चौथो चरणको राहत वितरण गरेको छ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको अवस्थामा हाल नगरपालिकाले हाल दाताको सहयोगमा दशैँलक्षित ११२ विपन्न परिवारलाई राहत वितरण गरिएको जनाएको छ ।
यसअघि नगरपालिकाले कोरोना सङ्क्रमणपछि पहिचान भएका ३६३ विपन्न परिवारलाई राहत वितरण गरिसकेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण समस्यामा परेका परिवारलाई नगरपालिकामार्फत राहत वितरण शुरु गरिएको र अहिले चौथो चरणको राहत वितरण गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो । “कोरोना सङ्क्रमण शुरु भएपछि नगरपालिकाले आफ्नै स्रोतबाट र त्यसपछि दाताको सहयोगमा राहत प्याकेज सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
चौथो चरणको राहत प्याकेजमा प्रतिपरिवार ३० किलो चामल, पाँच किलो दाल, दुई लिटर तेल र एक प्याकेट नुन रहेको छ । हाल नेपाल जेसुइस सामाजिक संस्थाले नगरपालिकामार्फत विपन्नलाई राहत उपलब्ध गराएको हो । यसअघि नगरपालिकालाई दोस्रो र तेस्रो चरणको राहत नमोबुद्धस्थित ठाङ्गू गुम्बाले सहयोग गरेको थियो । ११ वडा रहेको नगरपालिकामा हाल दुई महिलासहित १९ सक्रिय सङ्क्रमित रहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस