किर्गिजस्तानमा डिसेम्बरमा संसदीय चुनाव
किर्गिजस्तानका अधिकारीहरुले आगामी डिसेम्बरमा संसदीय निर्वाचन गर्नेगरी नयाँ मिति सार्वजनिक गरेका छन् । यसअघि गत अक्टोबर ४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिका समर्थक दलले एकपक्षीय रुपमा विजय हासिल गरेका थिए ।
तर उक्त निर्वाचनमा धाँधली भएको भन्दै राष्ट्रपति विरुद्ध जनताले विरोध प्रदर्शन गरेका थिए । विरोधका कार्यक्रम बढ्दै गएपछि राष्ट्रपति सूरोनबाई जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिनु भएको छ ।
सरकारी कार्यालयहरुमा आक्रमण समेत हुन थालेपछि निर्वाचन अधिकारीहरुले संसदीय निर्वाचनको नतिजालाई पनि खारेज गरिदिएका थिए । प्रदर्शनकारीले जेलमा बन्द रहेका सदिर झापारोभ समेत धेरै विपक्षीहरुलाई मुक्त गरेका थिए ।
राष्ट्रपति सूरोनबाईले विपक्षी नेता सदिरलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो । झापारोभ स्वयंले आफूलाई राज्यप्रमुख घोषणा गर्नु भएको थियो ।
बुधबार केन्द्रीय निर्वाचन आयोगले संसदको आगामी निर्वाचन डिसेम्बर २० मा गर्ने गरी तोकेको छ । राष्ट्रपतिको निर्वाचन भने आगामी जनवरीमा हुन सक्नेछ ।
चीनसँग सीमा जोडिएको मध्य एसियाई राष्ट्र किर्गिजस्तानमा विगत १५ वर्षको अवधिमा तीन पटक सत्ता विद्रोह भइसकेको छ । यसअघि सन् २००५ र २०१० मा सत्ता विद्रोह भइसकेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस