जडीबुटी सङ्कलन गर्न गएका युवक बेपत्ता
हुम्ला, सिमकोट गाउँपालिका वडा नं १ चुुवाखोला वनमा जटिबुटी संकलन गर्न गएका एक युवक बेपत्ता भएका छन् ।
गत असोज २० गते जडीबुटी सङ्कलन गर्न गएका ३० वर्षीय धनबहादुर बुढा एक हप्तादेखि सम्पर्कमा आउन नसकेको खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी दीपबहादुर शाहीले जानकारी दिनुभयो ।
जटीमासी ९भुल्ते० लगायत जडीबुटी संकलन गर्न केही दिनअघि उनीसहित अन्य पाटन पुगेका थिए । जटिबुटी संकलन गर्न गएका साथीहरु फिर्ता भए पनि बुढा आजसम्म सम्पर्कमा नआएको र अवस्था अज्ञात रहेको शाहीले बताउनुभयो ।
चुवाँखोला सामुदायिक वनमा जटीमासी खन्ने क्रममा बेपत्ता बुढाका आफन्तले ठेहे प्रहरीचौकीलाई खोज्नका लागि आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बुढाका आफन्त र प्रहरी हवल्दारका नेतृत्वमा पाँच प्रहरी जवान खोजी गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
स्थानीयवासीले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय तह र जिल्ला प्रहरी कार्यालयसँग अनुरोध गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस