• जीवनशैली | Jiwanshaili
  • ललितपुरमा बिहानै गाडीको ठक्करबाट एकको मृत्यु, एक घाइते


    काठमाडौं- बिहीबार बिहानै ललितपुरको बालकुमारीमा गाडीले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।

    नम्बर नखुलेको गाडीले ठक्कर दिँदा ललितपुर महालक्ष्मीस्थानका ७८ वर्षका बाबुकाजी श्रेष्ठको मृत्यु भएको हो । गाडीको ठक्करले गम्भीर घाइते भएका उनको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका ७० वर्षका भाइलाल महर्जनको बी एण्ड बीमै उपचार भइराखेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिएर फरार गाडी र चालकको खोजी भइरहेको बताएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार