• जीवनशैली | Jiwanshaili
  • बानेश्वरमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी युवतीको मृत्यु


    बुधबार काठमाडौंको बानेश्वरमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी युवतीको मृत्यु भएको छ ।

    नयाँ बानेश्वरको जेब्राक्रसमा कोटेश्वर जाँदै गरेको बाग्मती प्रदेशको ०२०–१३ प ६५०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी २० वर्षीया सुजु पुतुवारको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

    घाइते मोटरसाइकल चालकको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइराखेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार