• जीवनशैली | Jiwanshaili
  • चितुवाको आक्रमणबाट तीन घाइते


    सङ्खुवासभाको धर्मदेवी नगरपालिका –४ मा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

    घाइते हुनेमा धर्मदेवी–४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली छन् । धर्मदेवी–४ का वडाध्यक्ष अनिरुद्रसिंह लिङ्खाका अनुसार आज बिहान ९ बजे हुम्लिङ पसेको चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए ।

    प्रतिकार गर्नेक्रममा घाइते भएकामध्ये धनबहादुर र श्रीपालीको अवस्था गम्भीर रहेको वडाध्यक्ष लिङ्खाको भनाइ छ । चितुवाले हुम्लिङमा १३ खसीबाख्रा पनि मारेको छ ।

    श्रीपालीका सात, जसबहादुर लिङ्खाको एक र लीला श्रीपालीका पाँच बाख्रा मारिएको उहाँले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि नगरपालिकाको गाडीमार्फत प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएको धर्मदेवीका नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिनुभयो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार