कैदीलाई खसी : ढाकाटोपी उपहार
नेपाल तरुण दल संखुवासभाले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी उपलब्ध गराएको छ । नेपालीको महान् चाड बडादशैँका अवसरमा तरुण दलले १३० कैदीबन्दीका लागि ३० किलो बराबरको खसी उपलब्ध गराएको हो ।
तरुण दल संखुवासभाका जिल्ला अध्यक्ष टकमान घलेले कारागारका जेलर विनोद अधिकारीलाई खसी हस्तान्तरण गर्नुभयो । विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सम्झिएको तरुण अध्यक्ष घलेले बताउनुभयो ।
खसी उपहार दिन कारागार पुगेका तरुण अध्यक्ष घले, नेपाल पत्रकार महासंघ संखुवासभाका सभापति इन्द्रकुमार गिरीलगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस