फूलपाती भित्र्याउने कार्य स्थगित
कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य स्थगन गरिएको छ ।
सरकारी तबरबाटै फूलपाती भित्र्याउने परम्परा रहे पनि यसवर्ष कोरोना भाइरसका कारण स्थगन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका भुटनदेवी, चुरियामाई, गोरेक्षश्वर, मनकामना मन्दिर, चिसापानी र मकवानपुर गढीलगायत शक्तिपीठमा नित्य पूजाआजा मात्र गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
शक्तिपीठ तथा मन्दिरमा सर्वसाधारणको भीड हुन नदिन प्रहरी परिचालन गरिने कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस