अष्टमीमा फूलपाती भित्र्याइने दभुङ कालिका मन्दिर
देशभरका प्रायः सबै शक्तिपीठमा नवदुर्गाको सातौं दिन अर्थात् सप्तमी तिथिमा फूलपाती भित्र्याइन्छ । सप्तमीको दिनलाई फूलपाती समेत भनिन्छ । तर, स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकास्थित दभुङ कालिका मन्दिरमा भने अष्टमी तिथिमा फूलपाती भित्र्याउने चलन छ ।
भिरकोट नगरपालिका वडा नम्बर ४ मा पर्ने दभुङ कालिका मन्दिर स्थापना कालदेखि नै अष्टमीको दिन फूलपाती भित्र्याइने गरेको स्थानीयको भनाई छ । कान्छी देवीको रुपमा मानिने भएकाले अष्टमीका दिन फूलपाती भित्र्याइने स्थानीय अगुवाहरु बताउँछन् । स्थानीयबासीहरु भिरकोट कालिका दिदी र दभुङस्थित वराह कालिका बहिनी भएको विश्वास गर्छन् ।

महानवमीको दिन दभुङ कालिका मन्दिरमा पूजारम्भ गरिसकेपछि मात्रै भिरकोट कालिका मन्दिरमा बलिपूजा आरम्भ गर्ने परम्परा छ । भिरकोट कालिका मन्दिरमा भने सप्तमी तिथिमै फूलपाती भित्र्याइन्छ ।
सिद्धार्थ राजमार्गदेखि करिब ५ किलोमिटरको दुरीमा अवस्थित यो मन्दिरमा रामनवमी र महानवमीको दिन विशेष पूजाअर्चना हुने गर्दछ । देवीको नाउँमा भाकल गरिएको बलि पूजा गर्न टाढा टाढाबाट भक्तजनहरु आउँछन् ।
मन्दिरका गुठियार समेत रहेका स्थानीय उमरा खानदानका आलेहरुले बलिपूजा र नियमित पूजाआजाको व्यवस्थापन गर्दै आएका छन् । दभुङ कालिका मन्दिरमा पूजाविधि र अन्य पूजासम्बन्धि कार्य ब्राह्मणले र बलिपूजा स्थानीय मगरहरुले गर्ने गर्दछन् ।
मन्दिर परिसरबाट उत्तरतर्फ स्याङ्जा तथा कास्की जिल्लाको पहाडी भागको साथै हिमालको दृश्य, दक्षिण-पश्चिममा अाँधीखोलाको फाँट, पूर्वतर्फ हरिनास गाउँपालिका तथा तनहुँ जिल्लाको पहाडी भाग, दक्षिणमा पाल्पा तथा स्याङ्जा जिल्लाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।
कोरोना भाइरसको महामारीको कारण देशभरका मठ मन्दिरमा पूजाआजा गर्न सरकारले रोक लगाएकाले यसपालि दभुङ कालिका मन्दिरमा साबिकजस्तो पूजाआजा नहुने मन्दिर व्यवस्थापनले जनाएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस