• जीवनशैली | Jiwanshaili
  • दशैंँभत्ता आश्रमलाई


    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले दशैंँभत्ताका रुपमा आफूलाई प्राप्त रकम मानव सेवा आश्रमलाई दिनुभएको छ ।

    नगर प्रमुख सुवेदीले भत्तावापत पाउनुभएको रु १५ हजार आश्रमलाई प्रदान गर्नुभएको हो । उहाँले रु पाँच हजार बराबरको खाद्य पदार्थ तथा १० हजार बराबरको फलफूल हस्तान्तरण गर्दै मानवतालाई जोगाउन र सहयोगापेक्षी मानवलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

    ‘गत वर्ष हामीले आश्रमको भाडा तिरिदिएका थियौँ’, उहाँले भन्नुभयो, ‘यस वर्ष हामी गर्न सक्ने कामका लागि प्रयास गर्छौं ।’


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार