• जीवनशैली | Jiwanshaili
  • भेटवार्ताका विवरण सार्वजनिक गर्न पूर्व राजदूतको आग्रह


    नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।

    नेपाल प्रेस युनियन, कपिलवस्तुले आज आयोजनामा गरेको पत्रकार भेटघाटमा नेता उपाध्यायले रअ प्रमुखले नेपालको अन्तररााष्ट्रिय हैसियत र कूटनीतिमाथि नै प्रश्न उठ्ने गरी राजनीतिक तहको भेटघाट गर्नु गम्भीर विषय भएको टिप्पणी गर्नुभयो ।
    यही कात्तिक ६ गते प्रधानमन्त्री ओलीसँग नेपाल भ्रमणमा आएका रअका प्रमुख सामन्तकुमार गोयलले भेट गर्नुभएको थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार