• जीवनशैली | Jiwanshaili
  • सामुदायिक वनमा मृत हात्ती फेला


    उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित पाँचपोखरी सामुदायिक वनमा एउटा मृत हात्ती फेला परेको छ । स्थानीयवासीले आज अपराह्न मरेको हात्ती देखेर जिल्ला वन कार्यालयमा खबर गरेका थिए ।

    मृत हात्ती गाड्नका लागि पशु चिकित्सकसहितको टोली घटनास्थलमा पठाइएको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । गत असोज २२ गते सोही जंगल क्षेत्रमा आँखा फुटेको सोही हात्तीलाई पशु चिकित्सकको टोलीले बेहोश बनाएर उपचार गरेको थियो ।
    स्थानीयवासीले तीखो भाला रोपेर शरीरका विभिन्न अंगमा गहिरो चोट पु¥याएको उक्त हात्ती बचाउन त्यसबेला चितवनबाट पशु चिकित्सक टोली झापा आएको थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार